महालक्ष्मी विकास बैंकको संस्थापक सेयर बिक्रीमा 

काठमाडौं । महालक्ष्मी विकास बैंकको संस्थापक सेयर लिलाम बिक्रीमा राखिएको छ । विद्यमान सेयरधनीहरुका लागि ३५ दिनको अवधि राखेर आवेदन माग गर्दा पनि आवेदन नपरे पछि उक्त सेयर लिलाम बढाबढ मार्फत बिक्रीमा राखिएको हो ।

उक्त सेयरमा सबैले आवेदन दिन सकिने बैंकले जनाएको छ । यसका लागि ७ दिन भित्र शिलबन्दी बोलपत्र मार्फत आवेदन दिनु पर्ने छ । उक्त सेयरको मूल्य पनि तोकिएको छैन भने सेयर संख्या पनि उल्लेखगरिएको छैन । उक्त सेयर सम्बन्धी विस्तृत जानकारी बैंकको केन्द्रीय कार्यालय दरबारमार्गमा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार