काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले गत आर्थिक वर्षको आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धी बीमांकीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणले मंसिर २३ गते स्वीकृत गरेसँगै नयाँ बोनसदर घोषणा गरेको हो ।
नयाँ बोनसदर अनुसार कम्पनीले सावधिक जीवन बीमालेख अन्तर्गतको सुरक्षित जीवन, जीवन ज्योति, ग्रामिण सावधिक, सावधिक लघु, केटाकेटी, सुनिश्चित भविष्य तथा शिक्षा जीवन बीमा, जीवन लक्ष्मी र जीवन उदय एकल बीमालेखहरूमा न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ८२ रुपैयाँसम्म प्रतिहजारका दरले बोनस दिने भएको छ ।
त्यसैगरी नौलो सुरक्षित, नौलो केटाकेटी जीवन बीमा योजनामा ६५ रुपैयाँदेखि ८२ रुपैयाँसम्म, जीवन समुन्नत बीमा योजनामा ५६ रुपैयाँदेखि ७० रुपैयाँसम्म, सुनौलो भविष्य जीवन बीमा योजना (विकल्प १÷विकल्प २) मा ६० रुपैयाँदेखि ६५ रुपैयाँसम्म, केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजनामा ६० रुपैयाँदेखि ६२ रुपैयाँसम्म र केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजनामा ६० रुपैयाँदेखि ६२ रुपैयाँसम्म बोनस दिने भएको छ।


