बैंक तथा वित्तीय संस्थाबाट १ खर्ब ४६ अर्ब बराबरको सेयरधितो कर्जा प्रवाह, कुन बैंकबाट कति ?

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले १ खर्ब ४६ अर्ब रुपैयाँ बराबरको सेयरधितो कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२\८३ को कात्तिकसम्म बैंक तथा वित्त कम्पनीहरुबाट १ खर्ब ४६ अर्ब २२ करोड ५० लाख रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह भएको छ ।

गत आवको सोही अवधिको तुलनमा यो रकम ३५.६८ प्रतिशत अर्थात, ३८ अर्ब ४५ करोड ७० लाख रुपैयाँ धेरै हो । गत वर्ष यी संस्थाहरुले १ खर्ब ७ अर्ब ७६ करोड ८० लाख कर्जा प्रवाह गरेका थिए ।

यता,वाणिज्य बैंकहरुले मात्र कात्तिसम्म १ खर्ब २३ अर्ब ५१ करोड ३० लाख सेयर धितो कर्जा प्रवाह गरेका छन् । गत आवको तुलनामा यो ४३.७७ प्रतिशत अर्थात,३७ अर्ब ६० करोड २० लाख रुपैयाँ धेरै हो । गत वर्षको कात्तिकसम्म वाणिज्य बैंकहरुले ८५ अर्ब ९१ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए।

२० वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै नबिल बैंकले सेयर कर्जा प्रवाह गरेको छ । यो बैंकले १५ अर्ब ९६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको हो । यो रकम गत आवको तुलनामा ४३.१८ प्रतिशत अर्थात ४ अर्ब ८१ करोड ३० लाख रुपैयाँले बढी हो । त्यस्तै दोस्रोमा, ग्लोबल आइएमई बैंकको उक्त कर्जा प्रवाह १८.२८ प्रतिशतले बढेको छ ।

कात्तिसम्म बैंकले १३ अर्ब १९ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । यो रकम गत आवको तुलनामा २ अर्ब ४ करोडले बढी हो । कुमारी बैंकले ९ अर्ब ९८ करोड ७० लाख, प्राइम कमर्सियलले ९ अर्ब ८७ करोड ७० लाख , सिद्धार्थले ८ अर्ब ८७ करोड १० लाख , लक्ष्मी सनराइजले ८ अर्ब २७ करोड ६० लाख रुपैयाँ सेयरधितो कर्जा प्रवाह गरेका छन् ।

यता कृषि विकास बैंक उक्त कर्जा प्रवाह २४१.०२ प्रतिशत र माछापुच्छ्रे बैंकको ३०१.१४ प्रतिशतले बढेको छ । कृषि विकास बैंकले चालु आवमा ६ अर्ब २० लाख कर्जा प्रवाह गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब ७६ करोड कर्जा दिएको थियो। माछापुच्छ्रे बैंक कात्तिसम्म ३ अर्ब ८६ करोड ३० लाख कर्जा दिएको छ । गत आवमा बैंकले ९६ करोड ३० लाख रुपैयाँ मात्र कर्जा प्रवाह गरेको थियो ।

२ बैंकको कर्जा प्रवाह घटेको छ  । नेपाल बैंक र एनआइसी एसिया बैंकको कर्जा प्रवाह घटेको छ । नेपाल बैंकको ५ अर्ब ४१ करोड रुपैयाँ घटेको छ ।  एनआईसी एशिया बैंकले चालु आवमा २ अर्ब ४९ करोड कर्जा प्रवाह गरेको हो । गत आवमा बैंले २ अर्ब ८० करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार