CLI
Global College

एकैदिन ६ कम्पनीको साधारणसभा बस्दै, कतिले दिन्छन् लाभांश ? 

काठमाडौं । आज एकै दिन विभिन्न ६ वटा कम्पनीको वार्षिक साधारणसभा सम्पन्न हुँदैछ । आज मंसिर २६ गते एकैदिन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, बरुण हाइड्रोपावर कम्पनी लिमिटेड, सर्वाेत्तम सिमेन्ट लिमिटेड, सगरमाथा जलविद्युत कम्पनी लिमिटेड, मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनी लिमिटेड र शुभम पावर लिमिटेडको वार्षिक साधारणसभा सम्पन्न हुँदैछ ।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १७ औँ वार्षिक साधारणसभा आज रुपन्देहीको बुटवलस्थित होटल सेफ्रन सि.के प्रा.लि मा दिउँसो साढे १२ बजे बस्दैछ। सभाले हाल कायम चुक्ता पुँजीको ३ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १३ प्रतिशत लाभांश पारित गर्नेछ ।  त्यस्तै आज वरुण हाइड्रोपावर कम्पनीको २२ औं वार्षिक साधारणसभा काठमाडौंको शंखपार्कस्थित स्मार्ट दरबारमा बिहान साढे ९ बजे बस्दैछ । सभाले हाल कायम चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश (कर तिर्न) गरी कुल ५ प्रतिशत लाभांश पारित गर्नेछ ।
सर्वाेत्तम सिमेन्टको ७ औँ वार्षिक साधारणसभा आज रुपन्देहीको भैरहवास्थित होटल सिद्धार्थ भिलासमा बिहान ११ बजे बस्दैछ । सभाले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत नगद लाभांश (कर सहित) र ५ प्रप्तिशत बोनस सेयर गरी कुल २० प्रतिशत लाभांश पारित गर्नेछ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ यस कम्पनीले मंसिर १२ गते एक दिन बुक क्लोज गरिसकेको छ। तसर्थ मंसिर ११ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम सेयरधनीहरू मात्रै उक्त सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।

सगरमाथा जलविद्युत कम्पनीको पाँचौं वार्षिक साधारणसभा आज काठमाडौंको शंखपार्कस्थित स्मार्ट दरबारमा बिहान ११ बजे बस्दैछ । लाभांश सम्बन्धी कुनै प्रस्ताव समावेश नगरेको यस कम्पनीको सभाले चुक्ता पुँजीको १ बराबर १ को अनुपातमा हकप्रद निष्कासनको प्रस्ताव पारित गर्नेछ । सभा प्रयोजनार्थ यस कम्पनीले मंसिर १४ गते एक दिन बुक क्लोज गरिसकेको छ ।

मकर जितुमाया सुरी हाइड्रोपावरको १७ औं वार्षिक साधारणसभा आज काठमाडौंको धुम्बाराहीस्थित सूर्य इभेन्टमा बिहान साढे १० बजे बस्नेछ । यस कम्पनीले लाभांश वितरणको प्रस्ताव गरेको छैन भने सभाका लागि मंसिर १२ गते बुक क्लोज गरिसकेको छ । शुभम पावरको ११औं वार्षिक साधारणसभा आज काठमाडौंको शंखपार्कस्थित स्मार्ट दरबारमा अपरान्ह साढे १२ बजे बस्नेछ । यस कम्पनीले पनि लाभांश प्रस्ताव गरेको छैन भने सभा प्रयोजनार्थ मंसिर १४ गते एक दिन बुक क्लोज गरिसकेको छ ।

Leave Your Comment

Related News