घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । आइतबार बढेको सुनचाँदीको मूल्य सोमबार भने घटेको छ । सोमबार सुन प्रतितोला ६ सय रुपैयाँले घटेको हो ।
नेपाल सूनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य घटे सँगै सोमबार छापावाला सुन प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ५ सय रुपैयाँ तोकिएको छ । आइतबार छापावाला सून प्रतितोला १ लाख ४२ हजार ८ सय रुपैयाँ र तेजावी सुन १ लाख ४२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै छापावाला सुन प्रति १० ग्राम १ लाख १२ हजार ९ सय १५ रुपैयाँ र तेजावी सुन प्रति १० ग्राम १ लाख २१ हजार ३ सय १५ रुपैयाँ तोकिएको छ ।

त्यस्तै ,सोमबार चाँदी प्रतितोला २० रुपैयाँले घटेको छ । सोमबारका लागि चाँदी प्रतितोला १ हजार ८ सय रुपैयाँ तोकिएको छ । आइतबार १ हजार ८ सय २० रुपैयाँमा कारोबार भएको थियो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार