काठमाडौं । असोज १८ गतेयताको अविरल बर्षा तथा बाढी पहिरोका कारण भएका भौतिक तथा अन्य क्षतिको हालसम्ममा निर्जीवन बीमा कम्पनीहरूमा परेका कूल ७९० वटा प्रारम्भिक बीमा दाबीको कूल करिव ४ अर्ब १८ करोड २६ लाख प्रारम्भिक दाबी रकममध्ये हालसम्ममा कूल ९६ वटा दाबीको कूल दाबी रकम करिव ११ करोड १५ लाख बीमितहरूलाई भुक्तानी भएको अद्यावधिक तथ्याङ्क बीमा कम्पनीहरूबाट प्राप्त भएको छ ।
विभिन्न १३ वटा निर्जीवन बीमा कम्पनी र २ वटा लघु निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त अद्यावधिक तथ्याङ्क अनुसार, निर्जीवन बीमा कम्पनीहरूबाट सम्पत्ति बीमातर्फ ४१७ वटा प्रारम्भिक दाबीको दाबी रकम करिव ३ अर्ब ५८ करोड ३२ लाखमध्ये कूल ३३ वटा बीमा दाबीको करिव ९ करोड ६४ लाख र इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ १०७ वटा बीमा दाबीको करिव ५१ करोड ५७ लाखमध्ये कूल ७ वटा दाबीको करिव ९ लाख बीमितहरूलाई भुक्तानी भएको छ ।
यसैगरी, कृषि तथा बाली बीमातर्फ २१० वटा बीमा दाबीको करिव ४ करोड १४ लाख दाबी रकममध्ये कूल ४२ वटा दाबीको करिव १९ लाख, मोटर बीमा (निजी) तर्फ ४० वटा बीमा दाबीको करिव २ करोड ८२ लाख दाबी रकममध्ये कूल १२ वटा दाबीको करिव १ करोड २० लाख र सामुद्रिक बीमातर्फ ४ वटा बीमा दाबीको करिव रू. ११ लाख प्रारम्भिक बीमा दाबी रकममध्ये २ वटा दाबीको करिव रू. ३ लाख दाबी रकम बीमितहरूलाई भुक्तानी भएको अद्यावधिक तथ्याङ्क रहेको छ ।
यस्तै, मोटर बीमा (सार्वजनिक) तर्फ १० वटा दाबीको करिव १ करोड १९ लाख र लघुबीमातर्फ २ वटा दाबीको करिव १२ लाख बीमा दाबी रकमको भुक्तानी प्रक्रिया भने हालसम्म शुरू नभएको अद्यावधिक जानकारी निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त भएको छ ।

