ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित

वासिङ्टन । अमेरिकी सुरक्षा प्रमुख क्रिस्टी नोमले बिहीबार ब्राउन युनिभर्सिटीमा सामूहिक गोलीबारीमा संदिग्ध क्लाउडियो नेभेस भ्यालेन्टेले प्रयोग गरेको भन्दै ग्रिन कार्ड लटरी निलम्बन गर्ने आदेश दिएका छन् ।

पोर्चुगलका नागरिक नेभेस भ्यालेन्टे माथि डिसेम्बर– १३ मा आइभी लिग स्कुलको भवनमा आक्रमण गरी परीक्षामा बसेका विद्यार्थी माथि गोली चलाएको आरोप लगाइएको छ । जसमा दुई जनाको मृत्यु भएको थियो भने नौ जना घाइते भएका थिए ।

उनी माथि दुई दिन पछि म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एम आ इटी) का एकजना प्राध्यापकको हत्या गरेको आरोप पनि लगाइएको जनाइएको छ ।

नोमले सामाजिक सञ्जालमा नेभेस भ्यालेन्टे “सन् २०१७ मा डाइभर्सिटी लटरी इमिग्रेन्ट भिसा कार्यक्रम (डिभि–१) मार्फत संयुक्त राज्य अमेरिकामा प्रवेश गरेर ग्रिन कार्ड प्राप्त गरेको बताएका छन् ।

“राष्ट्रपति ट्रम्पको निर्देशनमा, तुरुन्तै संयुक्त राज्य अमेरिकाको नागरिकता र अध्यागमन सेवा (युयस सी आइयस) ग्रीन कार्ड कार्यक्रम रोक्न निर्देशन दिएको उल्लेख गर्दै विनाशकारी कार्यक्रमबाट थप अमेरिकीहरूलाई हानी नहोस भन्ने अभिप्रायले निलम्बन गरेको बताएका छन् । यसै क्रममा अपराधिक गतिविधिमा संलग्न व्यक्तिलाई आफ्नो देशमा कहिल्यै अनुमति दिनु नहुने बताएका छन् ।

नेभेस भ्यालेन्टे लामो खोजी पछि आत्महत्या गरेर मृत फेला परेको प्रहरीले जनाएको छ । अमेरिकी विदेश विभागका अनुसार ग्रिन कार्ड लटरीले संयुक्त राज्य अमेरिकामा आप्रवासनको लागि विभिन्न देशबाट आएका मानिसहरूलाई वार्षिक रूपमा ५५ हजार जनालाई स्थायी निवासी भिसा प्रदान गर्दछ ।

जसको लागि योग्य हुन, आवेदकहरूले अमेरिकामा कम्तिमा उच्च विद्यालय शिक्षा वा दुई वर्षको प्रशिक्षण वा कार्य अनुभव प्राप्त गरेको हुनु पर्दछ । आवेदहरू जाँच प्रक्रियाको माध्यमबाट पनि यस कार्यक्रममा समावेश हुन सक्छन् जसमा अन्तर्वार्ता समेत समावेश छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार