१३.८८ अंकले घट्यो नेप्से,कारोबार रकम १ अर्ब भन्दा बढीको गिरावट

काठमाडौं । सोमबार नेप्से परिसूचक १३.८८ अंकले घटेको छ । बजार २५८१.२१ अंकमा पुगेर बन्द भएको छ । यस दिन ३३२ वटा कम्पनि ६३ हजार ३७४ पटक कारोबार हुँदा ८९ लाख ११ हजार ५९६ कित्त सेयर खरिदबिक्री भएको छ । कारोबार रकम भने ३ अर्ब ५१ करोड ५९ लाख रुपैयाँको कारोबार भएको छ । आइतबारको तुलनामा यो रकम १ अर्ब १ करोड २८ लाख रुपैयाँले कम हो । आइतबार कारोबार रकम ४ अर्ब ५२ करोड ८७ लाख थियो ।

यस दिन, १२ वटा उप समुह घटेका छन् भने व्यापार समूह ०.५७ प्रतिशतले बढेको छ । बैंकिङ ०.३५  प्रतिशत,  विकास बैंक ०.३७, वित्त ०.१५, होटल्स तथा पर्यटन समूह १.२६, जलविद्युत ०.६६, लगानी ०.८७, जीवन बीमा १.०१, उत्पादन र प्रशोधन ०.३२, लघुवित्त ०.४५, म्युअुचल फण्ड ०.०६,निर्जीवन बीमा ०.४५, र अन्य समूह ०.६९ प्रतिशतले घटेको छ ।

एसवाई प्यानलको सेयर भाउ १० प्रतिशतले बढेको छ । सिटिजन्स बैंक डिबेञ्चर २०८६ को भाउ ६.०१ प्रतिशत र केबिएल डिबेञ्चर २०८६ को ५.९२ प्रतिशतले बढेको छ ।

कारोबार रकमका आधारमा लुम्बिनी विकास बैंक पहिलो स्थानमा रहेको छ। बैंकको १० करोड ३० लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। त्यस्तै, यस दिन सन नेपाल लाइफ इन्स्योरेन्सको ८ करोड २६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ भने मञ्जुश्री फाइनान्सको कारोबार रकम ७ करोड ३९ लाख ४० हजात  रुपैयाँको कारोबार भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार