सामान्य अंकले बढ्यो नेप्से, घट्यो कारोबार रकम

काठमाडौं । मंगलबार नेप्से परिसूचक ३.२७ अंकले बढेको छ । बजार २५८४.४९ अंकमा पुगेर बन्द भएको छ । यस दिन ३२८ वटा कम्पनी ९२ हजार ७४६ पटक कारोबार हुँदा ७६ लाख ६८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । कारोबार रकम भने ३ अर्ब ४२ करोड ९८ लाख रुपैयाँ पुगेको छ । सोमबारको तुलनामा कारोबार रकम घटेको छ । सोमबार कारोबार रकम ३ अर्ब ५१ करोड ५९ लाख रुपैयाँ थियो ।

यस दिन ७ वटा उप  समूह बढेका छन् भने ६  वटा घटेका छन् । बैंकिङ ०.१० प्रतिशत, वित्त ०.२०, होटल्स तथा पर्यटन समूह ०.१०, जलविद्युत ०.२९, उत्पादन र प्रशोधन ०.२५, लघुवित्त ०.१७, र अन्य समूह १.२८ प्रतिशतले बढेको छन् । विकास बैंक ०.१३,  लगानी ०.३४, जीवन बीमा ०.७९, म्युअुचल फण्ड ०.११,निर्जीवन बीमा ०.१६ र र व्यापार समूह ०.२२  अंकले  घटेका छन्  ।

एसवाई प्यानल नेपालको ७.०१ प्रतिशत बढेको छ। गुराँस लघुवित्त वित्तीय ६ प्रतिशत, सयपत्री हाइड्रोपावर र ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको करिब ६ प्रतिशत बढेको छ।

कारोबार रकमको आधारमा एसवाई प्यानल पहिलो स्थानमा रहेको छ। यस कम्पनीको कारोबार ३० करोड ९८ लाख रुपैयाँको भएक छ । त्यस्तै, सागर डिष्टिलरीको साढे ८ करोड ५३ लाख रुपैयाँको कारोबार भएको छ भने सिईडिबी होल्डिङ्गसको कारोबार रकम ७ करोड रुपैयाँ नाघेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार