एलआईसी नेपालले बोलायो साधारणसभा, २१ प्रतिशत लाभांश पारित गर्ने  

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड (एलआईसी) ले साधारणसभा बोलाएको छ । कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले पुस ३० गते बुधबार ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बिहान ११ः१५ बजे २४ औँ वार्षिक साधारणसभा डाकेको छ ।

सभाले हाल कायम चुक्ता पुँजीको २१.०५२६ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पारित गर्नेछ । साथै संस्थापक एवं स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, सञ्चालक समितिको बैठक भत्ता बढाउने, सामाजिक उत्तरदायित्वमा भएको खर्च अनुमोदन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

त्यसैगरी गत आर्थिक वर्ष (आव) को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित वासलात, नाफा नोकसन हिसाब तथा नदग प्रवाह विवरणमाथि छलफल गरी पारित गर्ने र चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस १७ गते एक दिन बुक क्लोज गरिने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार