लाभांश र मर्जर प्रस्ताव सहित स्वरोजगार लघुवित्तले डाक्यो साधारणसभा

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारणसभाको मति घोषणा गरेको छ । कम्पनीले लाभांष प्रस्ताव सहित आउँदो माघ ३ गते शनिबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान साढे ११ बजे १७ औँ वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो ।

सभाले हाल कायम चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर तिर्न) वितरणको प्रस्ताव पारित गर्नेछ । साथै अन्य लघुवित्तसँग मर्जरमा जान र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ । त्यसैगरी गत आर्थिक वर्षको वित्तीय विवरणहरू पारित गरी चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति गर्ने, सञ्चालकहरूको बैठक भत्ता बढाउने र सञ्चालक समितिका लागि ३ जना सर्वसाधारण शेयरधनीको निर्वाचन पनि सभाले गर्नेछ ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस १८ गते बुक क्लोज गर्ने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार