काठमाडौं । बुक बिल्डिङ विधिबाट आइपीओ बिक्री खुला गरेको रिलायन्स स्पिनिङ मिल्सको आइपीओमा माग भन्दा २२ गुणा बढी आवेदन परेको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार बिहीबार बिहान १० बजेर ५ मिनेटमा यस आइपीओमा ३ लाख ९१ हजार २९२ जनाले २ करोड ६ लाख ८७ हजार ८७० कित्ताका लागि आवेदन दिएका छन् । यो माग भन्दा २२.३७ गुणा बढी हो ।
यसमा १६ अर्ब ९८ करोड ६ लाख रुपैयाँ बराबरको आवेदन परेको छ । कम्पनीले ९ लाख २४ हजार ७६८ कित्ता सेयर बिक्रीमा ल्याएको हो । रिलायन्सले प्रतिकित्ता ८२०.८० रुपैयाँका दरले सेयर जारी गरेको हो । सर्वसाधारणलाई सेयर जारी गरेको यस कम्पनीको आइपीओमा आवेदन दिने अन्तिम मिति पुस ११ गतेसम्म तोकिएको छ।


