काठमाडौं । नेप्सेमा सूचीकृत पाँच वटा कम्पनीको पुस १३ गते (आइतबार) आज लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। ती कम्पनीहरूले साधारणसभा प्रयोजनका लागि पुस १४ गते बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम शेयरधनीले मात्र सम्बन्धित कम्पनीको लाभांश प्राप्त गर्न सक्नेछन्।
बुक क्लोजअघि अर्थात् आजसम्म नेप्सेमा सेयर खरिद गरी शेयरधनी बनेका लगानीकर्ताले शिखर इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, कुथेली बुखरी स्मल हाइड्रोपावर, सिनर्जी पावर डेभलपमेन्ट, र सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्न पाउनेछन्।
शिखर इन्स्योरेन्सले ६ प्रतिशत बोनस सेयर र ०.३१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको साधारणसभा पुस २९ गते आयोजना हुनेछ।
नेपाल इन्स्योरेन्सले ६.३१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको साधारणसभा पनि पुस २९ गते नै बस्नेछ।
कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको वार्षिक साधारणसभा पुस २९ गते बस्नेछ।
सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले पनि १० प्रतिशत बोनस सेयर तथा ०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको साधारणसभा पुस २८ गते हुने तय भएको छ।
सन् नेपाल लाइफ इन्स्योरेन्सले ५ प्रतिशत बोनस सेयर र १५.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको साधारणसभा पुस २५ गते आयोजना हुनेछ।
यी पाँचै कम्पनीले पुस १४ गते बुक क्लोज गर्ने भएकाले आजसम्म कायम शेयरधनीले मात्र साधारणसभामा सहभागिता जनाउन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

