काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले आर्थिक वर्ष २०८१-८२ को संघ, प्रदेश तथा स्थानीय सरकारको एकीकृत वित्तीय विवरण सार्वजनिक गरेको छ। महालेखा नियन्त्रक शोभाकान्त पौडेलद्वारा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ अनुसार तयार पारिएको विवरण अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र महालेखापरीक्षक समक्ष पुस १४ गते पेश गरिएको हो ।
प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१/८२ मा संघ, प्रदेश र स्थानीय सरकारहरूको संचित कोष १ खर्ब ६ अर्ब १९ करोड ६ लाख ऋणात्मक देखिए पनि नगद अवस्थामा भने १ खर्ब ४ अर्ब १३ करोड ८४ लाख बचत रहेको उल्लेख गरिएको छ।
त्यसैगरी, विभिन्न कोषहरूमा रहेको मौज्दात रकमको आधारमा संघ, प्रदेश, स्थानीय सरकार तथा एकाइ बजेटरी निकायहरूको नगद तथा बैंक मौज्दात कुल १ खर्ब ८८ अर्ब ९४ करोड ५८ लाख धनात्मक रहेको प्रतिवेदनमा उल्लेख छ।


