रवि र बालेन्द्रको राजनीतिक समिकरणले सबैमा छाएको खुसियाली र कौतुहलता

विशाल भण्डारी

नयाँ राजनीतिक समीकरण पश्चयात रवि र बालेन्द्रलाई पत्र

नेपाल देश परापुर्व काल देखि नै आफ्नो पहिचान विश्व सामु बनाएर शान्तिको देश नेपाल र बहादुर नेपालीको नाम बाट परिचित राष्ट्र हो । विगत केही वर्षको राजनैतिक अस्थिरता र ध्रुवीकरणले नेपाल र नेपालीलाई निरासाको चक्रपथमा घुमाइरहेको थियो। विभिन्न कालखण्डमा भएका परिवर्तनले देशको मुहार फेर्न त सकेन केबल नातावाद र कृपावादमा तल्लिन केही व्यक्तिहरुले अरुकै वैशाखी बनेर भएपनि आफ्नो र परिवारको मुहार चाहिँ मज्जैले फेरिदिए।

चरम भ्रष्टाचार, बेथितिपूर्ण प्रशासनीक कार्यसम्पादन, तानाशाही नेतृत्व शैलीको दबदबाह, कानुनी प्रक्रियामा देखिएको विभेद, युवाशक्तिको बढ्दो पलायन , निराशाजनक स्थिति यी यावत कुराहरुले हामी सम्पुर्ण नेपालीहरु वैकल्पिक नेतृत्व खोजिरहेका थियौँ । १३ पुसमा  भएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) बीच भएको राजनीतिक एकताले सहि दिशानिर्देश गर्नेछ भन्ने आशामा हामी सबै भुइमान्छेहरु खुसियाली साटासाट गरिरहेका छौँ भने कता कता कौतुहलता पनि बढिरहेको छ।

सम्पुर्ण नेपाली जनजनको मनमुटुमा बस्न सफल यी दुई व्यक्तित्वले बाटो नबिराएको खण्डमा देशलाई केही वर्षमै समृद्धिको बाटोमा लगेरै छाड्ने दृढ संकल्प र आँट देखिन्छ।

एकै रथको दुई पाङ्ग्रा हौँ भन्ने हेतुले कार्यसम्पादन गर्न सकेको खण्डमा दिर्घकालिन एकता अटुट रहने सम्भावना र चुनौती उत्तिकै छ। देशको र जनताको माया बोकेर आफ्नो कर्ममै तल्लिन यी पात्रहरुको मेलले साँच्चिकै तरङ्ग मच्चाएको छ देशमा हो यो तरङ्गलाई सधै बचाएर राख्न सकेमा, आपसी सद्भाव,सरलता, उदाहरणीय व्यक्तित्व,भ्रष्टाचारको अन्त्य , शु–शासनको प्रत्याभूति,समग्र देशको विकास र युवापलायनमा रोक, रोजगारीको सुवर्ण अवसर लगायत अन्य उपयोगि कार्यहरु गर्दै जनचाहाना अनुरुपका असल कर्महरु गर्दै अगाडि बढ्न सकेको खण्डमा देश र जनता यो नेतृत्वको खुलेरै प्रशंसा गर्नेछ ।

धेरैले आशा अनि भरोसा गरेका यी पात्र आज एक ठाउँमा हुँदा सबैमा खुसियाली छाएको छ यो नेपाली जनमनको खुसिलाई रवि र बालेन्द्र जस्ता सार्वजनिक व्यक्तित्वहरुले सधै बचाइराख्नुहोला भन्ने अपेक्षा समाजमा रहेको छ । हजुरहरुको आपसी मेलले कथित बर्गहरु तर्सीएको, भड्किएको र अतालिएको पनि देखिन्छ यहाँ ।

हजुरहरुको यो सहकार्य निरन्तर अगाडि बढ्न सकेमा पक्कैपनि जनताहरुले हजुरहरुको साथ छाड्ने छैनन् , हजुरहरुमा कुनै दिन पनि मनमुटाव नआओस पद, मान, प्रतिष्ठा, इज्जत ,धनसम्पत्ति, तडकभडक यी सबै नासबान चिजवस्तुहरु हुन समयमै पहिचान गर्दै अगाडि बढ्नुहुनेछ भन्ने सबैको चाहाना छ।

हजुरहरुले तन, मन, वचन लगाएर सत्कर्म गर्दै अगाडि बढेमा नेपालमा अन्य ठुला दलहरुपनि नतमस्तक हुनेछन हजुरहरुको राज्य सञ्चालन र सुशासन तथा देश विकास देखेर नयाँ दललाई के कसरी चारैतिरबाट आक्रमण भयो त्यो सबै नेपालीहरुले बुझे कै छन् , अझैपनि चौतर्फी आक्रमणको घेरामा छौ भन्नेकुरालाई आत्मसात गर्दै अघि बढ्नु होस्, चुनौतीपूर्ण यो अवस्थालाई सफलताले गतिलो झापड हान्ने नै छ पक्कैपनि  तपाईहरुको एकताले भदौ २३ र २४ को आन्दोलनका क्रममा शहिद बन्न पुगेका परिवारहरु समेत आशावादी बनेका छन् । अब मेरो देश शान्तिको देश, समृद्धिको देश, शु–शासनको देश, रोजगारीको देश, युवाशक्ति भएको देश भनेर चिन्न र गर्व गर्न पाइयोस् रवि र बालेन्द्र तपाईहरुलाई धेरै धेरै बधाईका पुष्षगुच्छाहरु अर्पण गर्न चाहान्छु ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार