नेपाल राष्ट्र बैंकद्धारा २५ अर्ब रुपैयाँको ऋणपत्र जारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले ऋणपत्र जारी गरेको छ । राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ ‘नेपाल राष्ट्र बैंक २०८३ ख’ जारी गर्ने भएको हो ।

राष्ट्र बैंक अनुसार उक्त ऋणपत्र १ वर्ष अवधिको हुनेछ । पुस १६ गते दिउँसो २ बजेसम्म बोलकबोल गर्ने समय तोकिएको छ । साँवा भुक्तानी मिति २०८३ पुस १६ गतेलाई तोकिएको छ ।

बोल गर्न सकिने रकम न्यूनतम ५ करोड र बढीमा ५ करोड भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म तोकिएको छ । ऋणपत्रको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त ‘क’,‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था (काउन्टर पार्टी) मात्र सहभागी हुन पाउने छन् ।

आह्वान गरिएको ऋणपत्रको रकम बाँडफाँट गर्दा बोलकबोलको ब्याजदरलाई सानोदेखि ठुलो क्रममा राखी आह्वान रकमसम्म वा समितिले निर्धारण गरेको बाँडफाँट रकमसम्मको बिन्दुमा कायम हुने ब्याजदरलाई एकल ब्याजदर कायम गरी सोही एकल ब्याजदरमा सो दर र सो दरभन्दा कम बोलवालालाई नेपाल राष्ट्र बैंक ऋणपत्र बिक्री गरिने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार