CLI
Global College

जेन–जी आन्दोलनः २३ अर्ब ४७ करोड निर्जीवन बीमा दाबीमा ५ अर्ब ४८ करोड २५ लाख भुक्तानी

काठमाडौं ।  जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बीमा कम्पनीहरूमा परेका कूल ३ हजार ३१६ वटा बीमा दाबीको करिव रू. २३ अर्ब ४७ करोड दाबी रकममध्ये हालसम्ममा अग्रिम भुक्तानी समेत गरी करिव रू. ५ अर्ब ४८ करोड २५ लाख दाबी रकम बीमितहरूलाई भुक्तानी गरिसकेको अद्यावधिक तथ्याङ्क बीमा कम्पनीहरूबाट प्राप्त भएको छ ।

प्राधिकरणमा १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त अद्यावधिक तथ्याङ्क अनुसार, कम्पनीहरूबाट अग्रिम भुक्तानी समेत गरी भुक्तानी भएको कूल दाबी रकममध्ये सम्पत्ति बीमातर्फ कूल ७१२ वटा बीमा दाबीको दाबी रकम करिव रू. १९ अर्ब ५ करोडमध्ये करिव रू. ३ अर्ब ९३ करोड ५९ लाख र मोटर बीमातर्फ कूल २ हजार ३२१ वटा बीमा दाबीको दाबी रकम करिव रू. ३ अर्ब ४६ करोड १६ लाखमध्ये करिव रू. १ अर्ब ३९ करोड २५ लाख भुक्तानी भएको छ ।

यसैगरी, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ कूल २२६ वटा बीमा दाबीको करिव रू. ५५ करोड ३९ लाख दाबी रकममध्ये करिव रू. ८ करोड ३६ लाख, परिवहन बीमातर्फ कूल १२ वटा बीमा दाबीको करिव रू. १ करोड ६९ लाख दाबी रकममध्ये करिव रू. १ करोड ५५ लाख र अन्य बीमातर्फ कूल ४५ वटा बीमा दाबीको करिव रू. ३८ करोड ४० लाख दाबी रकममध्ये करिव रू. ५ करोड अग्रिम भुक्तानी समेत गरी दाबी रकम भुक्तानी भएको छ ।

बीमकहरूलाई करिव रू. ३ अर्ब २ करोड अग्रिम भुक्तानी सहित पुनर्बीमा दाबी भुक्तानी जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई कूल करिव रू. ३ अर्ब २ करोड अग्रिम भुक्तानी सहित पुनर्बीमा दाबी भुक्तानी गरेको छ ।

नेपाल पुनर्बीमा कम्पनीमा विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनीहरूबाट परेका कूल २ हजार ८६३ वटा पुनर्बीमा दाबीको कूल पुनर्बीमा दाबी रकम करिव रू. १६ अर्ब ६२ करोड ६६ लाख रहेको अद्यावधिक तथ्याङ्क कम्पनीबाट प्राप्त भएको छ ।

Leave Your Comment

Related News