CLI
Global College

यूरो कप २०२४ः क्रोएसिया रोकियो, जर्मनी अन्तिम आठमा

काठमाडौं । यूरो कप २०२४ मा क्रोएसिया र अल्बानियासँग २–२ गोलको बराबरीमा रोकिएको छ। खेलको सुरुवाती समयमा नै अग्रता लिएको अल्बानियाले दोस्रो हाफमा दुई मिनेटको अन्तरालमा दुई गोल खाँदै पछि पर्न पुगेको थियो । तर खेलको अन्तिम समयमा बराबरी गोल गर्दै अल्बानियाले बलियो टोली क्रोएसियासँग अंक खोस्न सफल भएको हो। यस अघि क्रोएसिया स्पेन र अल्बानिया इटालीसँग पराजित भएको थियो।

दोस्रो खेलमा जर्मनीले हंगेरीलाई २–० गोलले पराजित गरेको छ। दोस्रो जितसँगै जर्मनी यूरो कपको अन्तिम १६ मा स्थापन बनाउन सफल भएको छ। जर्मनीको जितमा जमाल मुसियाला र इलकाय गुन्डोगानले गोल गरे ।

अर्को खेलमा स्विट्जरल्यान्ड र स्कटल्यान्डले एक–एक गोलको बराबरी खेलका छन्। स्कटल्यान्डका लागि स्कट मकटोमिने र स्विट्जरल्यान्डका लागि झेरडान शकिरी गोल गरे।

Leave Your Comment

Related News