काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल फाइनान्सको १ लाख ६२ हजार कित्ता हकप्रद सेयर सूचीकृत भएको छ । यस फाइनान्सको लिलामिमा ल्याइएको संस्थापक समूहको सेयर सूचीकृत गरिएको नेप्सेले जनाएको छ । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।



