काठमाडौं । बिहीबार नेप्से परिसूचक ४.५९ अंकले बढेको छ । बजार २६४०.५४ अंकमा पुगेर बन्द भएको छ । यस दिन ३२८ वटा कम्पनी ६९ हजार २६१ पटक कारोबार हुँदा १ करोड ४ लाख ३१ हजार कित्ता सेयर खरिदबिक्री भएको हो । करोबार रकम भने ४ अर्ब ९० करोड ८० लाख पुगेको छ । बुधबारको तुलनामा यो रकम २६ करोड ७० लाखले कम हो । बुधबार कारोबार रकम ५ अर्ब १७ करोड ५० लाख रुपैयाँ थियो ।
यस दिन ७ वटा उप समूह बढेका छन् भने ६ वटा घटेका छन् । बैंकिङ ०.३० प्रतिशत, विकास बैंक ०.१८, होटल्स तथा पर्यटन समूह ०.४०, जलविद्युत ०.३२, जीवन बीमा ०.३३, उत्पादन र प्रशोधन ०.४९, निर्जीवन बीमा ०.२६,प्रतिशतले प्रतिशतले बढेका छन् । वित्त ०.४४,लगानी ०.२१, लघुवित्त ०.०४, म्युअुचल फण्ड०.१९, अन्य समूह ०.०७ र व्यापार समूह ०.२२ प्रतिशतले घटेका छन् ।
सान्भि इनर्जीको मूल्य ८.१६ प्रतिशतले बढेको छ ।एसवाई प्यानल नेपालको ५.७१ प्रतिशतले बढेको छ भने अन्य सेयरको मूल्य ५ प्रतिशतभन्दा कमले बढेका छन्।
कारोबार रकमका आधारमा यस दिन एसवाई प्यानल नेपाल पहिलो स्थानमा रहेको छ। कम्पनीको यस दिन २० करोड ६ लाख रुपैयाँबराबरको कारोबार भएको छ। त्यस्तै, बन्दीपुर केबलकार एण्ड टुरिजमको १७ करोड ६० लाख ,सान्भि इनर्जीको १५ करोड ८९ लाख रुपैयाँको खरिदबीक्री भएको छ ।


