CLI

टी–२० विश्वकपः वेस्ट इन्डिजको अमेरिका माथि रवाफिलो जित

काठमाडौं । टी–२० विश्वकपमा आयोजक राष्ट्रको भिडन्तमा वेस्ट इन्डिज अमेरिका माथि रवाफिलो जित हासिल गरेको छ। अमेरिकाले प्रस्तुत गरेको १३१ रनको लक्ष्य वेस्ट इन्डिजले १०.५ ओभरमा एक विकेटको क्षतिमा भेटायो।

अमेरिकाका लागि एन्ड्रिज गौस २९ र नितिस कुमारले २० रनको योगदान दिएका थिए।

वेस्ट इन्डिजका लागि आन्द्रे रसेल र रोस्टन चेसले समान ३/३ विकेट लिए। लक्ष्य पछ्याउने क्रममा वेस्ट इन्डिजका साई होपले ३९ बलमा ८२ रनको अविजित पारी खेले। अमेरिकाका लागि एक मात्र सफलता हरमित सिंहको नाममा रह्यो।

सुपर एड अन्तगर्तको आफ्नो पहिलो खेलमा वेस्ट इन्डिज इंल्याण्ड र अमेरिका दक्षिण अफ्रिकासँग पराजित भएका थिए।

Leave Your Comment

Related News