काठमाडौं । चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अवधिमा सरकारले करिब ६ खर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । सरकारले चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अवधिमा ५ खर्ब ७८ अर्ब ९४ करोड रुपैयाँ राजस्व संकलन गरेको हो । यो लक्ष्यको ८१.४० प्रतिशत हो ।
सरकारले पुससम्ममा ७ खर्ब ११ अर्ब २१ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएको थियो । त्यस्तै सरकारले पुस महिनाको लागि १ खर्ब ९० अर्ब ७७ करोडको लक्ष्य लिएकोमा ८८.६७ प्रतिशत लक्ष्य हासिल गरेको छ । पुस महिनामा सरकाराले १ खर्ब ६९ अर्ब १६ करोड रुपैयाँ संकलन गरेको छ । पुस ३० गते मात्रै १७ अर्ब ८० करोड रुपैयाँ राजस्व संकलन भएको छ ।
सरकारले चालु आर्थिक वर्षको वार्षिक लक्ष्य १४ खर्ब ८० अर्ब रुपैयाँ रहेको छ । गत आर्थिक वर्ष २०८१/०८२ को वार्षिक लक्ष्य १४ खर्ब १९ अर्ब ३० करोड रहेकोमा पुस मसान्तसम्म ६ खर्ब ७२ करोड ८१ लाख रुपैयाँ संकल गर्ने लक्ष्य लिएको थियो भने ५ खर्ब ६७ अर्ब ४० करोड रुपैयाँ संकलन भएको थियो । उक्त आवको पुस महिनामा मात्रै १ खर्ब ६१ अर्ब ६२ करोड रुपैयाँ संकलन भएको थियो ।


