CLI

८ निर्जीवन बिमाले घोषणा गरे लाभांश, कुनले कति ?

काठमाडौं । सूचीकृत ८ वटा निर्जीवन बिमा कम्पनीहरुले गत वर्षको नाफाबाट सेयर लाभांश घोषणा गरिसकेका छन् । १२ मध्ये बाँकी ४ वटाको प्रतिफल प्रस्ताव पेश हुन बाँकी छ । अब लाभांश दिन बाँकी बिमामा युनाइटेड अजोड, सानिमा जीआइसी, राष्ट्रिय बिमा कम्पनी र प्रभु इन्स्योरेन्स रहेका छन् । यी कम्पनीहरुले पनि अब विस्तारै लाभांश प्रस्ताव गर्नेछन् ।  नेपाल माइक्रोले पनि लाभांश घोषणा गरेको छैन ।

यता, गत वर्षको नाफाबाट सबैभन्दा धेरै लाभांश दिनेमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ । यसले सेयरधनीलाई २५ प्रतिशत नगद लाभांश वितरण गरेको छ । त्यस्तै, नेको र सगरमाथा लुम्बिनीले पनि १५ प्रतिशत लाभांश घोषणा गरेका छन् । सगरमाथा लुम्बिनीले १५ प्रतिशत नगद वितरण गरिसकेको छ ।

यता, नेकोले भने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाउन बाँकी छ । कम्पनीले सेयरधनीलाई ३ प्रतिशत बोनस सेयर र करसहित १२.७८ नगद दिने घोषणा गरेको छ । त्यस्तै, हिमालयन एभरेष्टले ८ प्रतिशत नगद दिने घोषणा गरेको छ । यसको पनि साधारण सभा हुन बाँकी छ ।

Leave Your Comment

Related News