CLI

बैंकहरुले दिए ८७ अर्ब ५६ करोड सुनचाँदी कर्जा, कुन वाणिज्य बैंकको कति कर्जा ?

काठमाडौं । बैंक तथा वित्तसांस्था बाट सुनचाँदी धितो कर्जा प्रवाह बढेको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार आर्थिक वर्ष २०८२\८३ को मंसिरसम्म बैंक तथा वित्तसांस्थाको उकत कर्जा ९५ अर्ब ५४ करोड ३० लाख रुपैयाँ पुगेको छ ।

जुन गत आवक तुलनामा ४४.२१ प्रतिशतले बढी हो । गत आवमा बैंक तथा वित्तसांस्था बाट ६५ अर्ब ५५ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

त्यसतै, वाणिज्य बैंक हरुले सुनचाँदी धितो कर्जा सोरुप ८७ अर्ब ५६ करोड रुपैयाँ प्रवहा गरेको छ । यो रकम गत आवको तुलनामा ४४.२१ प्रतिशतले बढी हो । गत आर्थिक बर्षको मंसिर मसान्तसम्ममा वाणिज्य बैंकहरुले ६५ अर्ब ५५ करोड ५८ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

वाणिज्य बैंक मध्य १४ बैंकले मात्र कर्जा प्रवहा गरेको छ । ६ बैंकले भने यस्तो कर्जा प्रवाह गरेनन् । १४ बैंक मध्ये सबैभन्दा धेरै नेपाल बैंकले सुनचाँदी कर्जा प्रवाह गरेको हो । बैंकले उकत कर्जा सोरुप ४१ अर्ब ८६ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । जुन गत आवको सोही अवधिको तुलनमा ३५.७४ प्रतिशतले बढी हो। गत आवमा २२ अर्ब ६४ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

त्यस्तै ,दोस्रोमा राष्ट्रिय वाणिज्य बैंकको उकत कर्जा ३५.७४ प्रतिशतले बढेको छ । बैंकले ३० अर्ब ७३ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । यो रकम गत आवको तुलनामा ८ अर्ब ९ करोड १० लाखले बढी हो। त्यसैगरि, प्राइम बैंकले ७ अर्ब ८३ करोड ५० लाख, नेपाल इन्भेष्टमेण्टले २ अर्ब ८६ करोड ५० लाख, नबिल बैंकले २ अर्ब ४२ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

यता, ४ बैंकको उकत कर्जा प्रवाह घटेको छ । कृषि विकास बैंकको ७६.८४ प्रतिशत,प्रभु बैंकको ९२.८६ प्रतिशत र एनआई सी एशिया बैंकको ४७.६८ प्रतिशतले कर्जा प्रवाह घटेका छन् ।

त्यसैगरी,स्टान्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक,नेपाल एसबीआई बैंक, एभरेष्ट बैंक, ग्लोबल आइएमई बैंक र सानीमा बैंकहरुले कर्ज प्रवहा गरेनन् ।

 

 

Leave Your Comment

Related News