५.६० अंकले बढेको सेयर बजारमा कारोबार रकम८८ करोडले खुम्चियो

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार ०.२७ प्रतिशतले बढेको छ । मंगलबार नेप्से परिसूचक ५.६० अंकले बढेर २ हजार ७१.७७ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स परिसूचक ०.२० अंकले बढेर ३ सय ६५.०२ अंकमा पुगेर बन्द भएको छ । सामान्य बढेको सेयर बजार सोमबार भने नेप्से परिसूचक ३.२१ अंकले बढेर २ हजार ६६.१६ विन्दुमा पुगेर बन्द भएको थियो ।
सामान्य अंकले बढेको सेयर बजारमा एक सय ५१ वटा कम्पनी सेयर मूल्य बढ्दा ८८ वटा कम्पनीको सेयर मूल्य घटेका छ भने ८ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

मंगलबार ३ सय १९ वटा कम्पनीको ९४ लाख ३५ हजार ४ सय ५४ कित्ता सेयर कारोबार हुदाँ कारोबार रकम भने ४ अर्ब १८ करोड ७७ लाख ९६ हजार रुपैयाँ रह्यो । सोमबारको तुलनामा ८८ करोड ९५ लाख रुपैयाँले मंगलबार कारोबार रकम खुम्चिएको छ । सोमबार ३ सय २२ वटा कम्पनीको १ करोड ७ लाख ७ हजार ८ सय ७८ कित्ता सेयर कारोबार हुदाँ कारोबार रकम भने ५ अर्ब ७ करोड ७२ लाख ५५ हजार रुपैयाँ रहेको थियो ।

मंगलबार १३ वटा उपसमूह मध्ये ८ वटा उपसमूहको सेयर बढ्दा बाँकी ५ वटा उपसमूहको सेयर घट्यो । विकास बैंक १३.०८ , होटल र पर्यटन ५८.८१, जलविद्युत ३०.४५, लगानी १.२८, जीवन बीमा ५५.०५, उत्पादन र प्रशोधन २५.२५, लघुवित्त १५.८० र म्युअुचल फन्ड ०.०८ अंकले बढ्यो । बैकिङ ५.०७, वित्त ५४.२२, निर्जीवन बीमा २३.४५, व्यापार ५.४२ र अन्य ०.२८ अंकले घटेको छ ।

मंगलबार ग्लोबल आइएमइ बैंक डिबेन्चर, र मक्कर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको सेयरमा सकारात्मक सर्किट लाग्दा न्यादी हाइड्रोपावर, अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी र चिरीखावा हाइड्रोपावरको सेयर मूल्य बढेको छ । ग्लोबल आइएमइ बैंक डिबेन्चर १ हजार १ सय रुपैयाँ र मक्कर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको ४ सय ७१ रुपैयाँ १० पैसा सेयर मूल्य पुग्यो । साधना लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा नकारात्मक सर्किट लाग्दा नबिल स्टेशल फन्ड, गुडवील फाइनान्स लिमिटेड, जानकी फाइनान्स र शीव श्री हाइड्रोपावरको सेयर मूल्य घट्यो । । साधना लघुवित्त वित्तीय संस्थाको १ हजार २ सय ९७ रुपैयाँ ८० पैसा र नबिल स्टेशल फन्डको ८ रुपैयाँ ३० पैसा, गुडवील फाइनान्स लिमिटेडको ५ सय ८९ रुपैयाँ ९० पैसा, जानकी फाइनान्सको ५ सय ७७ रुपैयाँ र शीव श्री हाइड्रोपावरका १ सय ७९ रुपैयाँ सेयर मूल्य रह्यो ।

मंगलबारसबैभन्दा बढी कारोबार हुनेमा आरएसडीसी लघुवित्त वित्तीय संस्था, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभ्लपमेन्ट लिमिटेड, नेपाल फाइनान्स, पोखरा फाइनान्स र हाथवेय इन्भेष्टमेन्ट नेपाल लिमिटेड रह्यो । आरएसडीसी लघुवित्त वित्तीय संस्थाको १४ करोड ८३ लाख रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभ्लपमेन्ट लिमिटेडको १२ करोड ६२ लाख रुपैयाँ, नेपाल फाइनान्सको ९ करोड ६९ लाख रुपैयाँ, पोखरा फाइनान्सको ९ करोड ४९ लाख रुपैयाँ र हाथवेय इन्भेष्टमेन्ट नेपाल लिमिटेडको ८ करोड ५४ लाख रुपैयाँ बराबर करोबार भयो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार