प्रिमियममा आईपीओ ल्याउन खोज्ने कम्पनी

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सार्वजनिक निष्कासन अनुमति (आइपीओ) दिन थालेको छ । झन्डै ६ महिना अवरुद्ध भएपछि बोर्डले गत शुक्रवारदेखि पुनः निष्कासन स्वीकृति दिन थालेको हो ।

सेबोनका तत्कालीन अध्यक्ष रमेश हमालको पदावधि सकिए पछि कम्पनीहरुको सार्वजनिक निष्कासन प्रक्रिया अवरुद्ध रहेको छ। ९ जेठमा पूर्ण अधिकारसहितको कार्यकारी भूमिकाको जिम्मेवारी अर्थ मन्त्रालयका सहसचिव नरेन्द्रकुमार रानालाई नियुक्त गरे सँगै हाल बोर्डको कामकारबाही अघि बढाइएको हो । सेबोनले शुक्रबार हिमालयन ऊर्जा विकास कम्पनीको हकप्रद स्वीकृत गर्दै निष्कासन प्रक्रिया पुन खुला गरेको हो। सेबोनले हिमालयन ऊर्जा विकास कम्पनीलाई एक बराबर एकको अनुपातमा हकप्रद शेयर निष्कासन अनुमति दिएको हो। हिमालयन ऊर्जा विकास कम्पनीले हकप्रद जारी गर्ने स्वीकृत पाएसँगै अन्य कम्पनीहरुले पनि क्रमिक रुपमा सार्वजनिक निष्कासन अनुमति पाउने भएका छन्।

बोर्डको पाइपलाइनमा ३५ वटा कम्पनी रहेका छन् । ती मध्ये रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले बुक बिल्डिङ विधिमार्फत् शेयर निष्कासनको लागि अनुमति मागेको छ । माघ २३ गते अनुमति माग गरेको रिलयान्सले सेयर मूल्य प्रतिकित्ता ८ सय २० रुपैयाँ ८० पैसा निर्धारण गरेको छ । ९४ करोड ८८ लाख ११ हजार ९ सय ६८ रुपैयाँ बराबरको ११ लाख ५५ हजार ९ सय ६० कित्ता सेयर जारी गर्नको लागि अनुमति माग गरेको हो ।

रिलायन्स स्पिनिङ मिल्स लिमिटेडका साथै हस्पिटल फर एडभान्स्ड मेडिसिन एन्ड सर्जरी लिमिटेड, शौर्य सिमेन्ट इन्डस्ट्रिज लिमिटेड, जगदम्बा स्टिल्स लिमिटेड र मारुती सिमेन्ट्स लिमिटेडले सेयर निष्काशनका लागि अनुमति माग गरेको छ । हस्पिटल फर एडभान्सले १ सय रुपैयाँ अंकित मूल्यमा १ सय ८८ रुपैयाँ थप गर्दै सेयर मूल्य प्रतिकित्ता २ सय ८८ रुपैयाँ निर्धारण गरेको छ । ३२ करोड ४० लाख रुपैयाँ बराबरको ११ लाख २५ हजार कित्ता सेयर जारी गर्नका लागि अनुमाति माग गरेको हो । शौर्य सिमन्टले १ सय रुपैयाँ अंकति मूल्यमा १ सय ६४ रुपैयाँ ५१ पैसा थप गर्दै सेयर मूल्य प्रतिकित्ता २ सय ६४ रुपैयाँ ५१ पैसा निर्धारण गरेको छ । ४ अर्ब २२ करोड ७२ लाख ६६ हजार ५ सय ६५ रुपैयाँ बराबरको १ करोड ५९ लाख ८१ हजार ५ सय कित्ता सेयर जारी गर्न लागेको हो । जगदम्बाले १ सय रुपैयाँ अंकित मूल्यमा २ सय रुपैयाँ थप गर्दै सेयर मूल्य प्रतिकित्ता ३ सय रुपैयाँ निर्धारण गरेको छ । ६ अर्ब २ करोड १० लाख रुपैयाँ बराबरको २ करोड ७० हजार कित्ता सेयर जारी गर्न लागेको हो । मारुतीले सेयर मूल्य प्रतिकित्ता ३ सय ७७ रुपैयाँ निर्धारण गरेको छ । ४ अर्ब ३७ करोड ३२ लाख रुपैयाँ बराबरको १ करोड १६ लाख कित्ता सेयर जारी गर्न लागेको हो ।
कार्यकारी जिम्मेवारी पाएर पनि बोर्डको कामकारबाही अघि नबढाएको भन्दै आलोचना भए पश्चयात रानाले बोर्डको कामकारबाही अघि बढाएका छन् । बोर्डले हाललाई सेयर निष्कासनको अनुमति दिएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार