CLI

शून्य लागतमा ८ सय श्रमिक मलेसिया जान पाउने

काठमाडौं । मलेसियाको विस्ट्रोन टेक्नोलोजी एसडिएनबिएचडी नामक कम्पनीले नेपालबाट शून्य लागतमा यो वर्ष ८ सय श्रमिक लैजाने भएको छ । यसका लागि कम्पनीले माग समेत गरेको छ । ।

नेपालमा रहेका आकर्षण इन्टरनेसनल र लालधनुष इन्टरनेसनल सर्भिसेज प्रालिमार्फत शून्य लागतमा न्यायोचित भर्ती प्रणालीमार्फत छ सय महिला र दुई सय पुरुष गरी आठ सय नेपाली श्रमिक लैजान लागेको हो । सन् २०२२ मा विस्ट्रोन टेक्नोलोजी एसडिएनबिएचडीले शून्य लागत तथा अन्तर्राष्ट्रिय श्रम मापदण्ड अनुसार नैतिक भर्ती प्रणाली अवलम्बन गर्दै नेपाली श्रमिकलाई शून्य लागतमा रोजगारीमा लैजाने प्रतिबद्धता गरेको थियो ।

अधिकांश युवाले खाडी र मलेसियामा जाने निक्कै ठूलो खर्च गरेको अवस्थामा कम्पनीले उक्त सुविधा दिएको हो । मासिक ३०र३५ हजार कमाउन जानका लागि दुईरतीन लाख रुपियाँसम्म तिरेर गइरहेको बेलामा कम्पनीले शून्य लागतमा नेपाली श्रमिक लैजान लागेको हो ।

Leave Your Comment

Related News