CLI

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको नाफा ७४८ प्रतिशतले बढ्यो

काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्ष २०८२/८३ को दोश्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको छ महीनामा ६२ लाख २६ हजार रुपैयाँ खुद नाफा कमाएको हो ।

कम्पनीले गत आव २०८१/८२ को पुस मसान्तसम्म ७ लाख ३४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । गत आवको तुलनामा चालू आवको सोही अवधिमा खुद नाफा ७४८ प्रतिशतले वृद्धि देखिएको छ । समीक्षा अवधिमा कम्पनीको निर्जीवन बीमाकोष २० करोड ५५ लाख रुपैयाँबाट बढेर २९ करोड ७ लाख रुपैयाँ पुगेको छ ।

त्यसैगरी कम्पनीको खुद बीमाशुल्क आर्जन १ करोड ३१ लाख रुपैयाँबाट २११.७६ प्रतिशतले बढेर ४ करोड ९ लाख रुपैयाँ पुगेको छ । यता कुल आम्दानी ५ करोड १३ लाख रुपैयाँबाट बढेर ८ करोड १६ लाख रुपैयाँ पुग्दा कुल खर्च ५ करोड ३ लाख रुपैयाँबाट बढेर ७ करोड २७ लाख रुपैयाँ पुगेको छ ।

चुक्ता पुँजी ५२ करोड ५० लाख रुपैयाँ रहेको यस कम्पनीको स्पेशल रिजर्भमा ५४ लाख ३२ हजार रुपैयाँ, महाविपत्ति कोषमा ५ लाख रुपैयाँ, जगेडा कोषमा करीब ४ लाख रुपैयाँ र अन्य इक्विटीमा ४७ लाख रुपैयाँ रहेको छ ।

Leave Your Comment

Related News