काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेड चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ५ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२०.२५ प्रतिशत धेरै हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी ८ करोड ५८ लाखबाट बढेर १४ करोड ४६ लाख पुगेको छ । उक्त आम्दानी बढ्दा नाफामा सुधार आएको हो । बैंकको इम्पेयरमेन्ट चार्ज २२ करोड ९१ लाख पुगेको छ ।
१ अर्ब २१ करोड ७१लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा ४३ करोड ७९ लाख रुपैयाँ छ । बैंकको प्रतिसेयर आम्दानी ९.३७ रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ १६५.९८ रुपैयाँ छ ।


