CLI

६ महिनामा निर्जीवन बीमा कम्पनीहरुको व्यापार २४ अर्ब बढी

काठमाडौं । निर्जीवन बिमा कम्पनीहरुले २०८२\८३ को ६ महिनमा १६ लाख ५० हजार ४१ वटा बिमालेख बिक्री गर्दै २४ अर्ब ३० करोड २९ लाख रुपैयाँ बिमा शुल्क संकलन गरेका छन् । पुस महिनामा मात्र ३ लाख ५ हजार ३३४ बिमालेख बिक्री गरेको छ । बिमालेख बिक्री गर्दै ९ अर्ब ८१ करोड ५७ लाख  रुपैयाँ बिमा शुल्क संकलन गरेका छन् ।

नेपाल बिमा प्रधिकरणका अनुसार १४ बिमा कम्पनीमध्ये सबैभन्दा बढी शिखर इन्स्योरेन्सले बिमा शुल्क आर्जन गरेको हो । कम्पनीले पुससम्म १ लाख ५७ हजार ३०९ वटा बिमा बिक्री गर्दै २ अर्ब ७७ करोड ६४ लाख रुपैयाँको बिमाशुल्क संकलन गरेको छ ।

त्यस्तै, दोस्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले १ लाख ६८ हजार ६०५ वटा बिमा बिक्री गर्दै २ अर्ब ६१ करोड ३३ लाख रुपैयाँको बिमाशुल्क संकलन गरेको हो । तेस्रोमा, हिमालयन एभरेष्टले १ करोड ६० लाख ९३१ वटा बिमालेख जारी गर्दै २ अर्ब ४९ करोड २९ लाख रुपैयाँ बिमाशुल्क संकलन गरेको छ । सिद्धार्थ प्रिमियरले १ करोड ३७ हजार ९६६ वटा बिमालेख जारी गर्दै २ अर्ब १९ करोड ६५ लाख रुपैयाँको बिमाशुल्क संकलन गरेको हो ।

४ लघु बिमामध्ये पहिलोमा प्रोटेक्टिभ माइक्रोले ६६ हजार ३५६ वटा बिमा बिक्री गर्दै १७ करोड ६ लाख रुपैयाँको बिमाशुल्क संकलन गरेको छ । त्यस्तै, नेपाल माइक्रोले १६ करोड २९ लाख रुपैयाँ, ट्रस्ट माइक्रोले १५ करोड ५९ लाख रुपैयाँको बिमाशुल्क संकलन गरेको छ ।  यता,  स्टार माइक्रोले १६ करोड ७२ लाख रुपैयाँ बराबरको बिमा शुल्क संकलन गरेको छ ।

Leave Your Comment

Related News