CLI

लक्ष्मी सनराइज बैंकको खुद नाफा ऋणात्मक, अन्य सूचक कस्ता ?

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडको नाफा ऋणात्मक देखिएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा ऋणात्मक देखिएको हो ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले २७ करोड ३६ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १६ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी सामान्य बढेपनि इम्पेरमेन्ट चार्ज उल्लेख्य बढेका कारण बैंकको खुद नाफा ऋणात्मक भएको हो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १.१४ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १८.१५ प्रतिशत बढेको छ । त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ९.४४ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज १ अर्ब ७९ करोड ३० लाख रुपैयाँबाट घटेर ४ अर्ब ४७ करोड ३० लाख रुपैयाँ पुगेको छ। जसका कारण बैंकको सञ्चालन मुनाफा १५ करोड ९८ लाख रुपैयाँ ऋणात्मक भएको छ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि ऋणात्मक भएको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ ४ पैसा ऋणात्मक रहेको छ । पुस मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ १६६ रुपैयाँ २३ पैसा रहेको छ । त्यस्तै, सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ८४ करोड २७ लाख रुपैयाँ ऋणात्मक रहेको छ । २६ अर्ब ७८ करोड ११ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा १७ अर्ब ७३ करोड ८२ लाख रुपैयाँ सञ्चित छ । पुस मसान्तसम्ममा बैंकले ३ खर्ब ८४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ८७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ।

Leave Your Comment

Related News