CLI

सर्वसाधारणलाई (आईपीओ) जारी गर्न रिलायन्स स्पिनिङ मिल्सले पायो अनुमति, प्रतिकित्ता ८२० माथि मुल्य

काठमाडौं ।  रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ बिधि मार्फत सर्वसाधारणलाई साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति पाएको छ ।यो सँगै नेपालमा बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्ने  रिलायन्स स्पिनिङ मिल्स  दोस्रो कम्पनी हुनेछ।

कम्पनीले सर्वसाधारणलाई प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले सेयर निष्कासन गर्ने छ। बुक बिल्डिङ विधिबाट जारी हुने आईपीओमा सर्वसाधारणले न्यूनतम ५० कित्ता आवेदन दिनुपर्नेछ । कम्पनीले सर्वसाधारलाई ११ लाख ५५ हजार ९ सय ६० कित्ता आईपीओ निष्कासन गर्ने लागेको हो । कम्पनीको आइपीओको बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

रिलायन्सले जारी पुँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४५ प्रतिशतले हुने १९ करोड २६ लाख ६० हजार रुपैयाँको १९ लाख २६ हजार ६ सय कित्ता सेयर जारी गर्न अनुमति पाएको हो  । पहिलो चरणमा संस्थागत लगानीकर्ताका लागि माघ १० गतेदेखि १४ गतेसम्म कबोल पेस गरेका थिए ।

कम्पनीको औद्योगिक कारखाना सुनसरीको दुहबी र खनारमा रहेको छ । २०५१ बाट संचालित कम्पनीमा ४३ सय बढी रोजगार रहेको कम्पनीको  दाबी रहेको छ ।

 

Leave Your Comment

Related News