CLI

सर्वाेच्च अदालतबाट शरद ओझाकाे अल्पकालिन अन्तरिम आदेश खारेज

काठमाडौं । बीमा प्राधिकरणको तत्कालिन अध्यक्ष शरद ओझोको बीमा प्राधिकरण फर्किने योजनामा ब्रेक लागेको छ । सर्वोच्च अदालतले नेपाल बीमा प्राधिकरणका तत्कालित अध्यक्ष ओझाको अल्पकालिन अन्तरिम आदेश खारेज गरेसँगै यो सम्भावना सकिएको हो ।

सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र टेक प्रसाद ढुंगानाको संयुक्त ईजलासले यसअघि गत भदौं २३ मा सर्वोच्च अदालतबाट जारी अल्पकालिन खारेज गरिदिएको हो । आदेशमा भनेको छ, ‘नेपाल सरकारले सो छानविन समितिलाई दिएको कार्यादेश नै कानून बमोजिम नभएको भन्न निवेदन जिकिर भएतापनि सो प्रश्न प्रस्तुत निवेदनको अन्तिम किनारा हुँदाका बखत निरुपण हुनुपर्ने प्रकृतिको देखिँदा हाल सो समितिको प्रतिवेदन बमोजिम भए गरेको निर्णय र काम कारवाही रोक लगाउने गरी अन्तरिम आदेश जारी गर्नु उचित देखिएन । तसर्थ, यस अदालतबाट मिति २०८२/०५/२३ मा जारी अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता दिइरहनु परेन । कानून बमोजिम गर्नू ।’

Leave Your Comment

Related News