१४ सुरुङ मार्ग बनाउन ८१ करोड बजेट विनियोजन, कुनमा कति?

काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सरकारले सुरुङ मार्गका लागि ८१ करोड १४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतका १४ वटा सुरुङ मार्ग निर्माणका लागि आगामी बजेटमा उक्त रकम विनियोजन गरिएको हो।

१४ सुरुङ मार्ग मध्ये सिद्धबाबा सुरुङ मार्गका लागि सबैभन्दा धेरै ६५ करोड ८१ लाख रुपैयाँ बजेट विनियोजन गरिएको हो। कुल विनियोजित बजेट मध्ये ८१ प्रतिशत रकम हाल निर्माधिन अवस्थामा रहेको सिद्धबाबा सुरुङ मार्ग निर्माणका लागि छुट्याइएको छ।

सबैभन्दा कम बजेट बिपिनगर–खुटिया सुरुङ मार्गका लागि विनियोजन भएको छ। बिपिनगर–खुटिया सुरुङ मार्गका लागि जम्मा चार लाख रुपैयाँ विनियोजन भएको छ।

आगामी आवका धरान–लेउती सुरुङ मार्ग ५० लाख रुपैयाँ, सुरुङ मार्ग विकास कार्यक्रम अन्तर्गत ४ करोड रुपैयाँ, विभिन्न प्रस्तावित सुरुङ मार्गहरुको सम्भाव्यता अध्ययन गर्न १ करोड २३ लाख रुपैयाँ र दुम्कीबास–बर्दघाट सुरुङ मार्गका लागि २५ लाख रुपैयाँ विनियोजन भएको भौतिक मन्त्रालयले जानकारी दिएको छ।

यस्तै हेम्जा नयाँपुल खण्ड सडक सुरुङमार्ग २५ लाख रुपैयाँ, माझिम्तार–शक्तिखोर सुरुङ मार्ग १२ लाख रुपैयाँ, नयाँ बानेश्वर अन्डरपास ९ लाख रुपैयाँ र बबई–छिन्चु १५ लाख रुपैयाँ विनियोजन गरिएको छ।

साथै फुश्रेखोला छोरेपाटन (पोखरा) देखि स्याङजा गुडीकोला टनेल अध्ययन कास्की २५ लाख रुपैयाँ, रारा राजमार्गको कुशे पाटन (जाजरकोट ब्याउलीढुंगा र जुम्ला ईमिलचा खोला टनेल (सुरुङ मार्ग) डीपीआर तयार गर्ने १० लाख रुपैयाँ, ग्वार्को सातदोबाटो एकान्तकुना फ्लाइओभर ८ करोड १० लाख रुपैयाँ र लुम्बिनी रारा पर्यटकी राजमार्ग अन्तर्गत तुलसीपुर लुहाम सुरुङ मार्ग २५ लाख रुपैयाँ विनियोजन भएको छ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार