CLI

प्रभु बैंकको सीईओमा सुमन शर्मा नियुक्त

काठमाडौं । प्रभु बैंकको सीईओमा सुमन शर्मा नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको सोमबार बसेको बैंठकले शर्मालाई सीइओ नियुक्त गरेको हो । अशोक शेरचनले आइतबार सञ्चालक समिति समक्ष राजीनामा दिएपछि बैंकले सोमबार नयाँ सीइओ नियुक्त गरेको हो । शर्मा तत्कालीन सनराइज बैंक लक्ष्मी बैंकमा मर्जर भएपछि बाहिरिएका थिए । उनी त्यसअघि ग्लोबल आइएमई बैंकमा डिसिईओ, माछापुच्छ्रे बैंकमा सिईओको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

Leave Your Comment

Related News