CLI

लाभांश सूचना डिजिटल रूपमा दिन नेप्सेको निर्देशन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचीकृत कम्पनी, सामूहिक लगानी कोष तथा सेयर रजिष्ट्रार कम्पनीहरूलाई सेयरधनी र लगानीकर्तालाई लाभांशसम्बन्धी जानकारी डिजिटल माध्यमबाट अनिवार्य रूपमा उपलब्ध गराउन निर्देशन दिएको छ।

नेप्सेले शुक्रबार निर्देशन जारी गर्दै सेयर, सामूहिक लगानी कोष र ऋणपत्रधनीलाई लाभांशसम्बन्धी विवरण इमेल तथा एसएमएसमार्फत जानकारी गराउनुपर्ने व्यवस्था गरेको हो। यसअनुसार सम्बन्धित कम्पनी तथा सामूहिक लगानी कोषहरूले स्टक सिम्बोल, लाभांश वितरण हुने आर्थिक वर्ष तथा लाभांशको दर र प्रतिशत स्पष्ट रूपमा उल्लेख गरी सूचना पठाउनुपर्नेछ।

Leave Your Comment

Related News