काठमाडौं । नेदरल्याण्डसले जारी टी(२० विश्वकपमा नामिबियालाई पराजित गरेको छ । मंगलबार भारतको दिल्लीमा सम्पन्न खेलमा नेदरल्याण्डसले नामिबियालाई ७ विकेटले पराजित गरेको हो ।
नामिबियाले दिएको १५७ रनको लक्ष्य पछाएको नेदरल्याण्डसले १८ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । नेदरल्याण्डसका लागि बास डी लीडले सर्बाधिक ७२ रन बनाए भने कोलिन अकरम्यानले ३२ र माइकल लेभिटले २८ रन बनाएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नामिबियाले २० ओभरमा ८ विकेट गुमाउदै १५६ रन बनाएको थियो । नामिबियाका लागि जान निकोलले सर्बाधिक ४२ रन बनाए भने जान फ्राइलिंकले ३० र जेजे स्मिटले २२ रन बनाएका थिए । त्यसैगरी नेदरल्याण्डसका बलर बास डी लीड र लोगान भान बीकले २(२ विकेट लिए भनेआर्यन दत्त र फ्रेड क्लासेनले एक एक विकेट लिएका थिए ।
यो नेदरल्याण्डसको समुह ए अन्तर्गतको दोस्रो खेलमा पहिलो जित हो । पहिलो खेलमा नेदरल्याण्डस पाकिस्तानसँग पराजित भएको थियो ।त्यस्तै नामिबिया भने विश्वकपको पहिलो खेलमा हार बेहोरेको छ । अब नेदरल्याण्डसले अर्को खेल शुक्रबार अमेरिकासँग खेल्ने तालिका छ भने नामिबियाले विहिबार भारतविरुद्ध खेल्ने छ ।


