CLI

सिमेन्ट कम्पनीहरुको नाफा ६७ करोड ८० लाख, एउटा कम्पनी भने घाटामा, कुनले कति कमाए ?

काठमाडौं । सूचीकृत सिमेन्ट कम्पनीहरुले चालु आर्थिक वर्षको पुसमसान्तसम्म समग्रमा ६७ करोड ८० लाख रुपैयाँ नाफा कमाएका छन् । जसमध्ये, सबैभन्दा धेरै सर्वोत्तम सिमेन्टले ५३ करोड ८३ लाख नाफा कमाएको छ । त्यस्तै, शिवम् सिमेन्ट्सले ३५ करोड ७० लाख नाफा आर्जन गरेको छ ।

सोनापुरले भने ४ करोड ७५ लाख रुपैयाँ नाफा गरेको छ । रिपोर्ट अनुसार ४ कम्पनीमध्ये घोराही सिमेन्ट मात्र २६ करोड ४९ लाख रुपैयाँ घाटामा छ । यता, समग्रमा १८ अर्ब ९१ करोड ७० लाख रुपैयाँ चुक्ता पुजी रहेको सिमेन्ट कम्पनीहरुको जगेडा कोषमा १५ अर्ब २९ करोड रुपैयाँ रहेको छ । यो सेयर प्रिमियम सहितको रकम हो ।

सबैभन्दा धेरै जगेडा हुनेमा सर्वोत्तम सिमेन्ट अगाडि छ । सर्वोत्तम सिमेन्टको जगेडा कोषमा ४ अर्ब ६४ करोड रुपैयाँ जम्मा छ । शिवम् सिमेन्ट्सको उक्त कोषमा ४ अर्ब ४९ करोड रुपैयाँ जम्मा छ । घोराहीको ३ अर्ब ३४ करोड र सोनापुरको जगेडामा २ अर्ब ८१ करोड रुपैयाँ रहेको छ ।

सिमेन्टमध्ये सबैभन्दा धेरै सञ्चालन आम्दानी गर्नेमा सर्वोत्तम सिमेन्ट अगाडि छ । यसले ६ महिनामा ४ अर्ब ८ करोड रुपैयाँ आम्दानी गरेको छ । शिवम् ले ३ अर्ब ९ करोड, घोराहीले २ अर्ब ८ करोड र सोनापुरले १ अर्ब ६९ करोड रुपैयाँ बराबरको सञ्चालन आम्दानी गरेको छ ।

प्रतिसेयर आम्दानी भने सर्वोत्तमको धेरै छ । यसको उक्त आम्दानी २०.६१ रुपैयाँ छ । शिवम् सिमेन्ट्सको १२.७७ रुपैया इपीइस छ । यता, नेटवर्थ भने सोनापुरको १९१.४२ रुपैयाँ छ ।

Leave Your Comment

Related News