काठमाडौं । मंगलबार नेप्से परिसूचक २०.७५ अंकले घटेको छ । यस दिन बजार २६४२.१५ अंकमा पुगेर बन्द भएको छ । यस दिन ३५४ वटा कम्पनीको सेयर कारोबार भएको छ । ८३ हजार ७५ पटक कोरोबार हूँदा २ करोड ५ लाख ५९ हजार कित्ता सेयर कारोबार भएको छ । कारोबार रकम भने ८ अर्ब ३६ करोड ४४ लाख रुपैयाँ पुगेको छ । सोमबार को तुलनामा आज कारोबार रकम ४२ करोड १७ लाख रुपैयाँले घटेको छ । सोमबार कारोबार रकम ७ अर्ब ९४ करोड २७ लाख रुपैयाँ पुगेको छ ।
सेन्सेटिभ इण्डेक्स २.९९ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.५९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०८ अंक घटेको छ।
यस दिन ११ वटा उप समूह घटेका छन् भने २ वटा बढेको छ । बैंकिङ ०.४५ प्रतिशत, विकास बैंक १.१८,वित्त २.११, होटल्स तथा पर्यटन समूह १.१९, जलविद्युत १.६३, लगानी ०.४८, जीवन बीमा ०.८१, उत्पादन र प्रशोधन ०.७३, लघुवित्त ०.५०,निर्जीवन बीमा ०.७५ र अन्य समूह ०.५८ प्रतिशतले घटेका छन्। म्युअुचल फण्ड ०.५६ र व्यापार समूह ०.२२ प्रतिशतले बढेको छ ।
साल्पा विकास बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ । रिलायन्स स्पिनिङ मिल्स ९.६४ प्रतिशत , बुद्वभूमि नेपाल ८.३९, त्रिशूली जलविद्युत ६.३१ र आरम्भ चौतारी लघुवित्त ५.९५ प्रतिशत बढेको छ ।
कारोबार रकमका आधारमा यस दिन रिडी हाइड्रोपावर पहिलो स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५३ करोड ३६ लाख रुपैयाँबराबरको कारोबार भएको छ। त्यस्तै, आँखु खोला जलविद्युत कम्पनीको ४४ करोड ५२ लाख रुपैयाँ, ङादी ग्रुप पावरको ३१ करोड २८ लाख, सिईडिबि होल्डिङग्सको ३१ करोड ११ लाख र एसवाई प्यानल नेपालको २८ करोड ३२ लाख रुपैयाँ कारोबार भएको छ ।


