CLI

टी–२० विश्वकप : सुपर एटबाट बाहिरीने पहिलो टोलि श्रीलंका

काठमाडौं । घरेलु मैदानमा न्यूजिल्यान्डसँग पराजित हुँदै श्रीलंका टी–२० विश्वकपको सुपर एट चरणबाट बाहिरिएको छ । लगातार दोस्रो हारसँगै सह आयोजक राष्ट्र श्रीलंका सुपर एटबाट बाहिरिने पहिलो टोलि बनेको हो ।

श्रंलंका न्यूजिल्यान्डसँग ६१ रनको पराजित भएको हो । जितका लागि १६९ रनको लक्ष्य पछ्याएको श्रीलंकाले १०७ रन मात्रै बनाउन सक्यो । उसको सुरुआत अत्यन्तै कमजोर रह्यो । पारीको पहिलो बलमै पाथुम निसांका म्याट हेनरीको बलमा बोल्ड आउट भए । तेस्रो ओभरको पहिलो बलमा चरिथ असलंकालाई पनि हेनरीले आउट गरे, त्यसबेला श्रीलंकाको स्कोर मात्र ६ रन थियो ।

कुशल मेन्डिस र पवन रथनायकेले पारी सम्हाल्ने प्रयास गरे पनि सफल हुन सकेनन् । कप्तान दासुन शनाकाले पनि लामो समय टिक्न सकेनन् । लगातार विकेट गिर्दा एक छेउ सम्हालेर संघर्ष गरिरहेका कामिन्दु मेन्डिसले टोलिका लागि सर्वाधिक ३१ रन बनाए । न्युजिल्याण्डका लागि रचिन रविन्द्रले सर्वाधिक ४ विकेट लिए ।

कोलम्बोस्थित आर. प्रेमदासा रंगशालामा टस जितेर श्रीलंकाले न्यूजिल्यान्डलाई पहिले ब्याटिङको निम्तो दिएको थियो । उसले निर्धारीत ओभरमा ७ विकेट गुमाएर १६८ रन बनाएको थियो । उसका लागि कप्तान मिचेल स्यान्टनरले सर्वाधिक ४७ रनको योगदान दिए । त्यस्तै रचिन रविन्द्रले ३२ रनको योगदान दिए भने कोल म्यककन्चीले ३१ रनको अविजित पारी खेले ।

 

Leave Your Comment

Related News