काठमाडौं ।आइतबार नेप्से परिसूचक १९.२७ अंकले बढेको छ । बजार २६७४.२० अंकमा पुगेर बन्द भएको छ । यस दिन ३४१ वटा कम्पनीको सेयर कारोबार भएको हो । ५५ हजार २०६ पटक्को कारोबार हुँदा १ करोड ३१ लाख ९३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।कारोबार रकम भने ५ अर्ब ६४ करोड ८३ लाख रुपैयाँ पुगेको छ । कारोबार रकम बिहीबार को तुलनामा बढी हो । शुक्रबार कारोबार रकम ४ अर्ब १७ करोड ४६ लाख रुपैयाँ थियो ।
सेन्सेटिभ इण्डेक्स ३.२२ अकं बढेको छ भने फ्लोट इण्डेक्स १.२६ र सेन्सेटिभ फ्लोट डण्डेक्स ०.९५ अंक बढेको छ ।
यस दिन सबै उप समूह बढेका छन । बैंकिङ ०.७८ प्रतिशतले,विकास बैंक ०.७७,वित्त २.२२, होटल्स तथा पर्यटन समूह ०.४१, जलविद्युत ०.५७, लगानी ०.५८, जीवन बीमा ०.५९, उत्पादन र प्रशोधन ०.७७, लघुवित्त ०.४०, म्युअुचल फण्ड ०.०१ ,निर्जीवन बीमा ०.४१,अन्य समूह १.१९ र व्यापार समूह १.१२ प्रतिशतले बढेका छन्।
सालपा विकास बैंक र रिलायन्स स्पिनिङ्ग मिल्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ । बाराही हाइड्रोपावको ६.७४ प्रतिशत , एनआईबिएल ग्रोथ फण्ड ६ र गुडविल फाइनान्सको ३.६२ प्रतिशतले बढेको छ ।
कारोबार रकमका आधारमा यस दिन राधी विद्युत कम्पनी पहिलो स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३६ करोड ५ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। त्यस्तै, अपि पावर कम्पनीको ३३ करोड २१ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ भने मञ्जुश्री फाइनान्सको कारोबार रकम २८ करोड २० लाख रुपैयाँ, आँखु खोला जलविद्युतको २६ करोड ५३ लाख रुपैयाँ र एसवाई प्यानल नेपालको २२ करोड १० लाख रुपैयाँको कारोबार भएको छ ।


