RE
Global College

जेठमा १ अर्ब २१ करोड बीमा पोलिसी सरेन्डर, कुनको कति

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को जेठमा बीमितहरुले १ अर्ब २१ करोड ६२ लाख ४० हजार रुपैयाँ बराबरको बीमा लेख समर्पण (सरेन्डर) गरेका छन्। चाल आवको ११ महिनाको अवधिमा सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरुको ११ अर्ब ९१ करोड ६५ लाख ४९ हजार रुपैयाँ सरेन्डर भएको बीमा प्राधिकरणको तथ्यांकमा देखिन्छ।

जेठमा बीमितहरुले १० हजार ९३५ बीमा लेख सरेन्डर गरेका हुन्।

बीमा लेख सरेन्डर रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स र बीमा लेखका आधारमा लाइफ इन्स्यारेनस कर्पोरेशन (नेपाल) शीर्ष स्थानमा छ।

सबैभन्दा कम पोलिसी सरेन्डर सन नेपाल लाइफ इन्स्योरेन्सको भएको देखिन्छ। जेठमा सन नेपाल लाइफ इन्स्योरेन्सको ५७ बीमा लेख मार्फत ४४ लाख ७८ हजार रुपैयाँ सरेन्डर भएको छ।

जेठमा नेपाल लाइफ इन्स्योरेन्सबाट २ हजार २०९ बीमा लेख मार्फत ३५ करोड ९७ लाख ४५ हजार रुपैयाँ सरेन्डर भएको छ।

लाइफ इन्स्यारेनस कर्पोरेशन (नेपाल)बाट ३ हाजर ४६३ बीमा लेख मार्फत ३५ करोड ४९ लाख ६४ हजार रुपैयाँ सरेन्डर भएको छ।

जेठमा राष्ट्रिय बीमा संस्थानबाट ११ करोड ३० लाख ३५ हजार रुपैयाँ, नेशनल लाइफ इन्स्योरेन्सबाट ७ करोड ६३ लाख १३ हजार रुपैयाँ, मेट लाइफबाट ४ करोड २४ लाख ३६ हजार रुपैयाँ बराबरको बीमा लेख सरेन्डर भएको छ।

यस्तै एशियन लाइफ इन्स्योरेन्सबाट ५ करोड ७३ लाख १४ हजार रुपैयाँ, आइएमई लाइफ इन्स्योरेन्सबाट १ करोड ३२ लाख ७२ हजार रुपैयाँ, रिलायवल नेपाल लाइफ इन्स्योरेन्सबाट ९१ लाख ५२ हजार रुपैयाँ बराबरको बीमा लेख सरेन्डर भएको छ।

साथै सिटिजन लाइफ इन्स्योरेन्सबाट १ करोड २३ लाख १५ हजार रुपैयाँ, सुर्यज्योति लाइफ इन्स्योरेन्सबाट ६ करोड ९७ लाख ८३ हजार रुपैयाँ, सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सबाट १ करोड ६३ लाख ३४ हजार रुपैयाँ, हिमालयन लाइफ इन्स्योरेन्सबाट ५ करोड २८ लाख ४२ हजार रुपैयाँ र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सबाट ३ करोड ४२ लाख ५६ हजार रुपैयाँ बराबरको बीमा लेख सरेन्डर भएको प्राधिकरणको तथ्यांकमा देखिन्छ।

NECO

Leave Your Comment

Related News