CLI

अग्नि सिमेन्ट र दि निलय होटल्सले आइपीओ जारी गर्ने

काठमाडौं । अग्नि सिमेन्ट इण्डष्ट्रिज र दि निलय होटल्स लिमिटेडले आइपीओ प्रस्तावसहित वार्षिक साधारण सभा बोलाएका छन् । अग्नि सिमेन्टको सभा चैत १२ गते कम्पनी रजिष्टर्ड कार्यालतमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ प्रस्ताव पेश गर्नेछ ।

सभामा आर्थिक वर्ष २०८०–८१ र २०८१-८२ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८२-८३ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

यता दि निलय होटल्सको सभा चैत १३ गते होटल्सको कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा आइपीओ प्रस्ताव पेश हुनेछ ।  सभामा आर्थिक वर्ष २०८१–८२ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८२-८३ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

Leave Your Comment

Related News