रौतहट । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को अर्को झड्का, पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधवकुमार नेपाल पनि पराजित भएका छन् । यसअघि अन्य राजनीतिक दलका शीर्ष नेता पराजित भइसकेका छन् ।
रौतहट क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजेशकुमार चौधरी निर्वाचित हुँदा नेपाल चौथो भएका हुन् । अन्तिम मत परिणामअनुसार ७१२०३ मत गणना हुँदा चौधरीले २८९४६ मत प्राप्त गर्दै विजयी भए ।
निकटतम प्रतिद्वन्द्वी एमालेका अजयकुमार गुप्ताले १०६९३ मत प्राप्त गरे । कांग्रेसका उम्मेदवार अनिलकुमार झाले ८५७४ मत प्राप्त गर्दै तेस्रो स्थानमा पुग्दा माधवकुमार नेपाल भने ७६६९ मतसहित चौथो स्थानमा सीमित हुनुपरेको हो ।
मत परिणाम अनु्सार जनता समाजवादी पार्टी ९जसपा० का उम्मेदवार योगेन्द्र यादवले ६८४६ मत प्राप्त गरेका छन्।


