काठमाडौं । सोमबार नेपालि बजारमा सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महंसाघका अनुसार सुन प्रतितोला ३ लाख ३ हाजर ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुन प्रतितोला ३ लाख ५ हजार ९ सय रुपैयाँ थियो ।
यता चाँदी भने १० रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला ४ हजार ८०५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला ४ हजार ७९५ रुपैयाँ थियो ।



