काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य १ हजार ७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महंसाघका अनुसार आज सुन प्रतितोला ३ लाख २ हजार ३ सय रुपैयाँ कारोबार भइरहेको छ ।सोमबार सुन प्रतितोला ३ लाख ३ हजार ९ सय रुपैयाँ थियो ।
यता चाँदी पनि ३० रुपैयाँले घटेको छ । यस दिन चाँदी प्रतितोला ४ हजार ७७५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला ४ हजार ८०५ रुपैयाँ थियो ।



