CLI

गैरनेपाली नागरिकसँग आर्थिक कारोबार नगर्न सहकारी संस्थालाई कामपाको आग्रह

काठमाडौं ।काठमाडौं महानगरपालिकाले गैरनेपाली नागरीसँग आर्थिक कारोबार नगर्न सहकारी संस्थालाई आग्रह गरेको छ । कामपाले केही सहकारीहरूले विदेशी नागरिकलाई सहकारी संस्थाको सदस्य बनाई आर्थिक कारोबार गर्ने गरेको गुनासो आएको भन्दै कामपाले उक्त कार्य तत्काल बन्द गर्न सबै सहकारी संस्थालाई आग्रह गरेको हो ।

कामपा सहकारी विभागका प्रमुख धुव्रकुमार काफ्लेका अनुसार गैरनेपाली नागरिकलाई कुनै पनि सहकारी सदस्य बनाउने कार्य कानुन विपरीत रहेको भन्दै नियमसँग गर्न कारोबार गर्न सहकारीलाई आग्रह गरेको हो । कामपाको आग्रहलाई व्यवास्था गरे प्रचलित कानुनबमोजिम कारबाही गर्ने कामपाको तयारी रहेको छ । सहकारी ऐन, २०७४ दफा ३० र काठमाडौँ महानगरपालिका सहकारी ऐन, २०७४ को दफा २० मा सहकारी संस्थामा नेपाली नागरिक मात्र सदस्य हुन सक्ने स्पष्ट व्यवस्था रहेको पनि काफ्लेले जानकारी दिए ।

त्यसैगरी, सहकारी ऐन २०७४ को दफा ५० तथा काठमाडौँ महानगरपालिकाको सहकारी ऐन, २०७४ को दफा ३९ मा सहकारी संस्थाहरूले सदस्य केन्द्रित भई बचत तथा ऋण कारोबार सञ्चालन गर्नुपर्ने स्पष्ट व्यवस्था रहेको छ । काफ्लेले लामो समयदेखि साधारणसभा प्रतिवेदन नबुझाएका सहकारीलाई खारेजीको प्रक्रियामा नलाने पनि बताए ।

यसरी प्रक्रियामानै नआएका सहकारीलाई खारेजीमा लैजाँदा बचतकर्ताको रकम हिनामिना हुने भएकाले महानगरले पहिले प्रतिवेदन त्यसपछि मात्रै खारेजी प्रक्रिया अघि बढाउने भन्दै सोही अनुरूप प्रक्रया अघि बढाएको विभागको भनाइ छ ।

खारेजीको प्रक्रियामा आउने कुनै पनि सहकारीले सबैभन्दा पहिले उक्त सहकारीमा रकम बचत गर्ने बचतकर्ताको यकिन हुनुपर्ने, आर्थिक कारोबार पनि यकिन हुनुपर्ने जनाइएको छ । कामपाले दुई महिनाअघि नै सूचनामार्फत तोकिएको समयमा प्रतिवेदन पेस नगर्ने र साधारणसभा नगर्ने सहकारीलाई निष्क्रिय घोषणा गरी कानुनी कारबाही गरिने चेतावनी पनि दिइसकेको छ ।

हाल कामपामा एक हजार ९०० सहकारी छन् । जसमा सबैभन्दा बढी बचत तथा ऋया सहकारी रहेको कामपाले जानकारी दिएको छ ।

Leave Your Comment

Related News