CLI

नेप्से सँगै घट्यो कारोबार रकम

काठमाडौं । बुधबार नेप्से परिसूचक ४६.७८ अंकले घटेको छ । बजार २७९६.५७ अंकमा पुगेर बन्द भएको छ । यस दिन ३२९ वटा कम्पनीको सेयर कारोबार भएको छ । १ लाख १५ हजर ५५० पटक्को कारोबार हुँदा ३ करोड ६० लाख ४९ हजार कित्ता सेयर कारोबार भएको छ । कारोबार रकम भने १३ अर्ब १८ करोड २ लाख रुपैयाँ पुगेको छ । मंगलबारको तुलनामा कारोबार रकम ८ अर्ब ३२ करोड १८ लाख रुपैयाँले कम हो । मंगलबार कारोबार रकम २१ अर्ब ५० लाख २० हजार पुगेको थियो ।

सेन्सेटिभ इण्डेक्स ८.३२ अकं घटेको छ भने फ्लोट इण्डेक्स ३.२४ र सेन्सेटिभ फ्लोट डण्डेक्स २.९४ अंक घटेको छ ।

यस दिन १२ वटा उप समूह घटका छन् भने १ वटा बढेको छ । बैंकिङ १.८२ प्रतिशतले,विकास बैंक १.६१, वित्त २.०८, होटल्स तथा पर्यटन समूह १.५६, जलविद्युत ०.७१, लगानी १.८७, जीवन बीमा १.९८, उत्पादन र प्रशोधन १.४३, लघुवित्त १.६४, निर्जीवन बीमा ०.९७, अन्य समूह १.८३ र व्यापार समूह ३.४० प्रतिशतले घटेका छन्। म्युअुचल फण्ड ०.३४ प्रतिशतले बढेका छन् ।

यस दिन पनी सालपा विकास बैंक १० प्रतिशतले बढेको छ । नेशनल हाइड्रोपावरको विद्युत ९.९६, रिलायन्स स्पिनिङ्ग मिल्सको ९.३३, रिडी हाइड्रोपावरको ५.७२ र कुमारी सबल योजनाको ५.१८ प्रतिशतले सेयर मूल्य बढेको छ ।

यस दिन कारोबारको आधारमा रिडी हाइड्रोपावरको पहिलो स्थानमा रहेको छ । कम्पनीको ८५ करोड ९४ लाख ५० हजार रुपैयाँको कारोबार भएको छ । आँखु खोला जलविद्युतको  ५१ करोड २९ लाख , नेशनल हाइड्रोपावरको विद्युतको ४९ करोड ५७ लाख, अपि पावर कम्पनीको ४४ करोड ९८ लाख र ङादी ग्रुप पावर ४१ करोड ३२ लाख रुपैयाँको कारोबार भएको छ ।

Leave Your Comment

Related News