CLI

चुनावी माहोलबीच घरजग्गा कारोबारमा गिरावट, एक महिनामा १४ हजारभन्दा बढीले घट्यो लिखत पारित

काठमाडौं । देशभर चुनावी माहोल हुदा यता चालु अर्थिक वर्ष २०८२\८३ को फागुनमा घरजग्ग कारोबार माघको तुलनामा घटेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कका अनुसार देशभरका मालपोत कार्यालयहरु बाट ३६ हजार ४७१ लिखत पारित भएको छ । चालु आवको माघको तुलनामा १४ हजार ३७६ ले कम हो । माघमा  कुल ५० हजार ८३७ लिखत पारित भएको थियो ।

त्यस्तै, फागुन महिनमा  देशभरका मालपोत कार्यालयहरुले  ४ अर्ब १४ करोड ९५ लाख रुपैयाँ राजस्व संकलने गरेका छन। यो रकम माघको तुलनामा ८५ करोड ९७ लाख रुपैयाँले कम हो । माघमा ५ अर्ब ९ लाख २४ हजार राजस्व सङ्कलन गरेका थिए।

त्यसैगरी, फागुन महिनामा ३४ सय ६ वटा नामसारी, २८ हजार ६०२ वटा घरजग्ग रोक्का गरेका छन् भने २३ हजार ९ वटा घरजग्ग देशभरका मालपोत कार्यालयहरु  बाट फुकुवा गारेका छन् ।

Leave Your Comment

Related News