काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ३ वटा कम्पनीका बोनस सयेर सूचीकृत भएका छन् । एनआरएन इन्फ्रास्ट्रक्जर, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र युनाइटेड इदी मार्दीको बोनस सेयर सूचीकृत भएको हो ।
जसमध्ये, एनआरएन इन्फ्रास्ट्रक्जरको ५१ लाख ३७ हजार ४८९.१४ कित्ता सेयर सूचिकृत भएको छ । यस कम्पनीले सेयरधनीलाई गत वर्षको नाफाबाट ४० प्रतिशत बोनस सेयर दिएको थियो ।
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १४ लाख ६२ हजार ७१०.५० कित्ता सेयर सूचिकृत भएको छ । कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई ३ प्रतिशत बोनस सेयर दिएको थियो ।
यता युनाइटेड इदी मार्दीको २ लाख ३० हजार ४१२ कित्ता सेयर सूचिकृत भएको छ । यस कम्पनीले सेयरधनीलाई गत वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर दिएको थियो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।


